२०८३ जेष्ठ २९ गते, शुक्रबार १८:५४

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्बरबहादुर रोकाया रहनुभएको छ।

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार बिहान रोकायाको मृत्यु भएको हो ।

पानीखाल भन्ने जङ्गलमा बाख्रा चराउन गएका बेला रुखमा घाँस काट्न जाने क्रममा भिर बाट लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताउनुभयो।

भिर बाट लडेर करिब एक सय मिटर तल खोचा भन्ने खोलामा रोकायाको शव फेला परेको स्थानीय दिपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

घटना बारे थप विवरण सङ्कलन गर्न प्रहरी टोली समेत त्यसतर्फ गएको प्रहरीले कार्यालय बाजुराले जनाएको छ।

बाजुरामा भिर बाट लडेर बर्सेनि दर्जन बढी स्थानीयको अकालमै ज्यान जाने गरेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM