२०८३ जेष्ठ २९ गते, शुक्रबार १८:५६

एमाले मोरङ अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

२१ फागुन, विराटनगर ।  नेकपा (एमाले) मोरङको १०औ‌ं अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुधबार बिहानदेखि मतदान भइरहेको छ ।

१७ फागुनबाट सुरु जिल्ला अधिवेशन साेमबार सक्ने लक्ष्य थियाे । तर, नयाँ नेतृत्व चयनका प्रक्रिया लम्बिएका कारण आज मतदान भएकाे हाे ।

१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीसहित ९४ जनाका लागि मतदान भइरहेको हो । चुनावी मैदानमा १९१ जना छन् ।

जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।

इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट छन् ।संस्थापन समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् ।

नयाँ नेतृत्वका लागि  ९ सय ११ प्रतिनिधि मतदाता छन् । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM