२०८३ जेष्ठ २९ गते, शुक्रबार १८:५९

२४ घण्टापछि मर्मत गरियो थापाथलीमा फुटेको मेलम्चीको पाइप, परीक्षण गर्न बाँकी

२१ फागुन, काठमाडौं । काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । मंगलबार बिहान पाँच बजेतिर फुटेको पाइप २४ घण्टापछि मर्मत गरिएको हो ।

प्राविधिक टोलीले फुटेको पाइपलाइन मंगलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बिहान ४ बजे सम्पन्न गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।

‘पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुन: सुरु गर्नेछौं’, उनले भने ।

मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।

खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन पनि केयुकेएललाई निर्देशन दिएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM