२०८३ जेष्ठ २९ गते, शुक्रबार १९:०३

१४ किलो सुनसहित साउथ अभिनेत्री रान्या राव पक्राउ

बेंगलुरु । दक्षिण भारतीय कन्नड फिल्म उद्योगकी चर्चित अभिनेत्री रान्या राव सुन तस्करी मामिलामा पक्राउ परेकी छन् । सुन तस्करीको आरोपमा उनलाई बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

अभिनेत्री रावका सौतेनी बुवा के. रामचन्द्र राव कर्नाटकका आईपीएस अधिकारी हुन् । रिपोर्टअनुसार रान्या १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।

रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

पीटीआईले अधिकारीलाई उद्धृत गर्दै बताएअनुसार राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको हो । पक्राउपछि रान्यालाई आर्थिक अपराध अदालतमा पेश गरियो, जसले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।

रान्या कन्नड सुपरस्टार सुदीपको अपोजिट फिल्म ‘माणिक्य’ (२०१४) मा उनको भूमिकाका लागि परिचित छिन् । उनले अन्य धेरै साउथ फिल्ममा पनि भूमिका निर्वाह गरेकी छिन् ।

सुन तस्करीको काममा उनी एक्लै थिइन् वा दुबई र भारतबीच चलिरहेको ठूलो तस्करी सञ्जालको हिस्सा हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

३३ वर्षीया रान्या राव कर्नाटककी वरिष्ठ आईपीएस अधिकारी के. रामचन्द्र रावकी सौतेनी छोरी हुन् । रामचन्द्र कर्नाटक राज्य पुलिस आवास निगममा प्रहरी महानिदेशक (डीजीपी)को पदमा छन् ।

रान्या राव दुबईबाट एमिरेट्सको उडानमा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । बारम्बारको अन्तरराष्ट्रिय भ्रमणका कारण उनको निगरानी भइरहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM