Thursday, March 6, 2025
घरसमाचारस्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन, आज अन्तिम दिन

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन, आज अन्तिम दिन

२१ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ ।

अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९२ रुपैयाँ ५० पैसा छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -