२०८३ जेष्ठ २९ गते, शुक्रबार २३:०९

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौँडालाई 




मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा हेटौँडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित उपाधि कब्जा गरेको हो ।  

प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदकसहित बकैया गाउँपालिका द्वितीय तथा ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदकसहित थाहा नगरपालिका तृतीय भएको छ ।  प्रतियोगितामा मकवानपुरको १० मध्ये इन्द्रसरोवर गाउँपालिका बाहेक ९ वटा पालिकाबाट विभिन्न विधामा करिब ६ सय जना खेलाडीहरूको सहभागिता रहेको थियो । 

प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरू सञ्चालन भएको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मङ्गलवार पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM