२०८३ जेष्ठ २९ गते, शुक्रबार २३:१५

अपाङ्गता भएकाहरूलाई रामग्राम नगरद्वारा ४० थान ह्विल चेयर हस्तान्तरण 




नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री वितरण गरेको छ । उनीहरूको सहजताका लागि ह्वील चियर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले रामग्राम क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दे ४० थान ह्वील चेयर वितरण गरेको हो । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले यसअघि जाडो याममा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको बताउँदै अहिले ह्वील चियर प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले समान दृष्टिकोणले हेर्नुपर्ने बताउँदै नगरपालिकाले उनीहरूको सहज जीवनयापनका लागी सहयोग गरेको बताउनुभयो ।

सो क्रममा नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर लगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाले विगत देखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको बताउनुभयो । 

ह्वील चेयरको अभावमा हिँडडुल गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरूले ह्वील चेयर पाएपछि खुसि व्यक्त गर्दै सीपमूलक कार्यक्रम पनि ल्याउनुपर्नेमा जोड दिएका छन् । ५ लाख बराबरको ह्विल चियर वितरण गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM