२०८३ जेष्ठ २९ गते, शुक्रबार २१:४४

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

२० फागुन, काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए । मार्नस लबुशेनले २९ रन बनाए ।

भारतका मोहम्मद शामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्तीले १० ओभरमा ४९ रन दिएर २ विकेट लिए ।

रविन्द्र जडेजाले २ तथा हार्दिक पान्ड्या र अक्षर पटेलले १-१ विकेट लिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM