२०८३ जेष्ठ २९ गते, शुक्रबार २०:३०

पुँजीगत खर्च वृद्धि गर्न सरकारको जोड : सञ्चारमन्त्री गुरूङ




काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अहिलेको सरकार पुँजीगत खर्च बढाउन लागिपरेको बताउनुभएको छ । पुँजीगत खर्च बढाउनकै लागि सरकारले अध्यादेश ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।

नेपाल दूरसञ्चार प्राविधिकरणको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले पुँजीगत खर्च हुन नसक्नु देशको मूल समस्या भएको बताउनुभयो ।

यस्तो हुनुमा विभिन्न कानुनी बाधा रहेको बताउँदै उहाँले ती बाधा हटाई तीव्र विकासतर्फ सरकारको ध्यानकेन्द्रित रहेको जानकारी दिनुभयो । मन्त्री गुरूङले सुशासन कायम गर्ने, सार्वजनिक सेवा सवलीकरण गर्ने, उद्योग व्यवसायमा गतिशिलता ल्याउने लगायत महत्त्वपूर्ण उद्देश्य लिएर अहिलेको सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

मन्त्री गुरुङले नागरिकको हितमा आएका अध्यादेश भएकाले सबैले समर्थन गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले आफ्नो मन्त्रालय अन्तर्गतका विभाग र निकायले जतिसक्दो धेरै राजस्व सङ्कलनमा जोड दिन समेत आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणको विगतका समस्या समाधान गरेर टेलिकम क्षेत्रको प्रभावकारी नियामक संस्थाको रूपमा आफूलाई स्थापित गर्न समेत सुझाव दिनुभयो । उहाँले यो वर्ष नै दूरसञ्चार ऐन संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै पुराना ऐनहरू संशोधन गर्ने र नयाँ ऐन ल्याउन मन्त्रालय सक्रिय रहेको मन्त्री गुरूङले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले नेपाल दूरसञ्चार प्राधिकरणले उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्राधिकरणले भोग्नुपरेका समस्या प्रष्ट पार्दै विगतमा प्राधिकरणको समय सापेक्षका कार्य योजना तय गर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM