२०८३ जेष्ठ २९ गते, शुक्रबार २०:३१

कोहलपुर गोल्डकप : घानाको क्लबलाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

२० फागुन, बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।

दोस्रो हाफको ५१औं मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७औं मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए ।

यस्तै खेलको ७९औं मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २–१ को अवस्थामा पुर्‍याए । ८४औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो ।

समूह ‘ए’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौं तथा समूह ‘बी’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र काँक्रेविहार सेमिफाइनल प्रवेश गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM