२०८३ जेष्ठ २९ गते, शुक्रबार २१:४२

लुम्बिनीमा भिक्षुसहित ५ सय जनाको प्रबज्या कार्यक्रम




रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरूबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मङ्गलवार कुलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुुतका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभएको हो । प्रबज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाइल्यान्ड सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताउनुभयो । 

प्रवज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिनुभयो । 

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

फागुन १४ गतेदेखि शुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । 

मङ्गलवार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरूले पहेलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशील, अष्टशील र विनय पिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM