Wednesday, March 5, 2025
घरसमाचारलुम्बिनीमा भिक्षुसहित ५ सय जनाको प्रबज्या कार्यक्रम

लुम्बिनीमा भिक्षुसहित ५ सय जनाको प्रबज्या कार्यक्रम




रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरूबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मङ्गलवार कुलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुुतका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभएको हो । प्रबज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाइल्यान्ड सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताउनुभयो । 

प्रवज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिनुभयो । 

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

फागुन १४ गतेदेखि शुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । 

मङ्गलवार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरूले पहेलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशील, अष्टशील र विनय पिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -