२०८३ जेष्ठ २९ गते, शुक्रबार २१:४१

प्याराडाइज फिल्म फेस्टिभलमा छनोट भयो नेपालको ‘द्रौपदी’

काठमाडौं । अनलाइन माध्यममा आयोजना हुने जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपालको ‘द्रौपदी’ छनोट भएको छ । निर्देशक तथा निर्माता ऋषिराज आचार्यले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका छन् ।

विश्वचर्चित डेटा वेबसाइट आइएमडीबीले मान्यता प्रदान गरेको यो फेस्टिभल अनलाइन प्लाटफर्ममा आयोजना हुन्छ । महिनैपिच्छे आयोजना हुने यो फेस्टिभलमा यसमहिनाको लागि ‘द्रौपदी’ छनोट भएको हो ।

‘हामी उत्साहित छौं । यसप्रकारको उपलब्धिले हामीलाई विदेशी दर्शकमाझ हाम्रो क्षमता चिनाउन मद्दत गर्नेछ’ फेस्टिभलमा छनोट भएको पत्र सार्वजनिक गर्दै आचार्यले भने । अन्य फेस्टिभलमा समेत छनोट हुनेमा आफू आशावादी रहेको उनले बताए ।

कर्णालीको कथा भन्ने यो फिल्म ८ चैतमा प्रदर्शन तयारीमा छ । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि बनाइएको भनिएको फिल्मको यो खबरले निर्माता उत्साहित देखिएका छन् । फिल्मलाई नेपालबाट अस्कर अवार्डमा मनोनित भएको एकमात्र नेपाली फिल्म ‘क्याराभान’ खिचिएको शे फोक्सुन्डोसहित डोल्पाका आकर्षक थलोमा खिचिएको हो ।

फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मलाई आरबी मूभिजले निर्माण गरेको हो ।

प्याराडाइज फिल्म फेस्टिभलको वेबसाइटअनुसार फेस्टिभलमा १८ वटा विधा छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM