Wednesday, March 5, 2025
घरसमाचारप्याराडाइज फिल्म फेस्टिभलमा छनोट भयो नेपालको ‘द्रौपदी’

प्याराडाइज फिल्म फेस्टिभलमा छनोट भयो नेपालको ‘द्रौपदी’

काठमाडौं । अनलाइन माध्यममा आयोजना हुने जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपालको ‘द्रौपदी’ छनोट भएको छ । निर्देशक तथा निर्माता ऋषिराज आचार्यले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका छन् ।

विश्वचर्चित डेटा वेबसाइट आइएमडीबीले मान्यता प्रदान गरेको यो फेस्टिभल अनलाइन प्लाटफर्ममा आयोजना हुन्छ । महिनैपिच्छे आयोजना हुने यो फेस्टिभलमा यसमहिनाको लागि ‘द्रौपदी’ छनोट भएको हो ।

‘हामी उत्साहित छौं । यसप्रकारको उपलब्धिले हामीलाई विदेशी दर्शकमाझ हाम्रो क्षमता चिनाउन मद्दत गर्नेछ’ फेस्टिभलमा छनोट भएको पत्र सार्वजनिक गर्दै आचार्यले भने । अन्य फेस्टिभलमा समेत छनोट हुनेमा आफू आशावादी रहेको उनले बताए ।

कर्णालीको कथा भन्ने यो फिल्म ८ चैतमा प्रदर्शन तयारीमा छ । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि बनाइएको भनिएको फिल्मको यो खबरले निर्माता उत्साहित देखिएका छन् । फिल्मलाई नेपालबाट अस्कर अवार्डमा मनोनित भएको एकमात्र नेपाली फिल्म ‘क्याराभान’ खिचिएको शे फोक्सुन्डोसहित डोल्पाका आकर्षक थलोमा खिचिएको हो ।

फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मलाई आरबी मूभिजले निर्माण गरेको हो ।

प्याराडाइज फिल्म फेस्टिभलको वेबसाइटअनुसार फेस्टिभलमा १८ वटा विधा छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -