Wednesday, March 5, 2025
घरसमाचारचिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन




काठमाडौँ । नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’  विमोचन गरिएको छ । 

सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उहाँहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताउनुभयो । उहाँले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाउनुभयो ।

राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गर्नुभयो । “देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् तर तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन् । त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो । 

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन हुनुभएको थियो । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -