Wednesday, March 5, 2025
घरसमाचारललिता निवासको फैसलाविरुद्ध सर्वोच्च पुग्‍यो अख्तियार

ललिता निवासको फैसलाविरुद्ध सर्वोच्च पुग्‍यो अख्तियार

२० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास प्रकरणका ११० जना आरोपित विरुद्ध नै अख्तियार सर्वोच्च अदालत पुगेको छ । अख्तियारले अरु ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दावी हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -