Tuesday, March 4, 2025
घरसमाचारथापाथलीमा फेरि मेलम्चीको पाइप फुट्दा बाढी, सडक अवरुद्ध

थापाथलीमा फेरि मेलम्चीको पाइप फुट्दा बाढी, सडक अवरुद्ध




काठमाडौं । काठमाडौंको थापाथलीमा फेरि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ। मंगलबार बिहान थापाथली चोक नजिकै पाइप फुट्दा सडक जलमग्न भएको छ भने यातायात अवरुद्ध भएको छ।

पाइप फुटेपछि सडकभरि पानी बग्नुका साथै सडक भत्किएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल जाने सडकमा पाइप लाइन फुटेको हो। पाइप फुट्नुको कारण खुल्न बाँकी छ।

यसअघि, बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सडक तथा वरपरका घरहरू जलमग्न भएका थिए। त्यहाँका सरकारी कार्यालयहरू डुबानमा परेका थिए। विद्युत प्राधिकरणको कामका क्रममा सो पाइप फुटेको थियो।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -