Tuesday, March 4, 2025
घरसमाचारविराट गोल्डकप : आयोजकको विजयी सुरुवात, आज एपीएफ र दिल्लीको क्लब भिड्दै

विराट गोल्डकप : आयोजकको विजयी सुरुवात, आज एपीएफ र दिल्लीको क्लब भिड्दै

१९ फागुन,विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।

विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो ।

आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरी गरे ।

खेलको ३४ मिनेटमा कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुर्‍याए । पहिलो हाफको ४६औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले खेल २–२ को अवस्थामा ल्याए ।

मध्यान्तरपछिको ८९ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै आयोजकलाई विजयी गराए ।

जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टर फाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए ।

मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -