Tuesday, March 4, 2025
घरसमाचारस्ववियु निर्वाचनमा भाग लिन २२ संघ/संगठनले दर्ता गरे नाम

स्ववियु निर्वाचनमा भाग लिन २२ संघ/संगठनले दर्ता गरे नाम

१९ फागुन, काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् ।

स्ववियु चुनावमा भाग लिन चाहने २२ वटा संघ/संगठनले नाम दर्ता गरेको त्रिवि क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए ।

दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशिघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए ।

निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन/समूह दर्ता हुनुपर्ने व्यवस्था छ । देशका केही क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरूले अध्यक्षसहितका उम्मेदवारको नामावली घोषणा गर्न थालिसकेका छन् ।

निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -