Tuesday, March 4, 2025
घरसमाचारविकासका लागि काँग्रेस एमालेको सरकार गठन भएको हो : उपमहासचिव ज्ञवाली

विकासका लागि काँग्रेस एमालेको सरकार गठन भएको हो : उपमहासचिव ज्ञवाली

सोलुखुम्बु । देश विकासका लागि काँग्रेस एमालेको सरकारको गठन भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दाबी गर्नुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय रुपमा काम गरेको बताउनुभयो । 

देश विकासका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर तीव्र रुपमा काम गरिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । वर्तमान सरकारले नै सहकारीमा फसेका १४ हजार भन्दा धेरै नागरिकको डुबेको रकम फिर्ता गरिसकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीबाट हटे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपाल बङ्गलादेश जस्तो हुने भन्दै आरोप लगाए पनिको हाल मुलुक विकासमा अघि बढेको नेता ज्ञवालीले बताउनुभयो । प्रचण्डले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने भन्दै भ्रमको खेती गरेको उहाँले बताउनुभएको छ ।

देशमा विकास भइरहेको भए पनि पछिल्लो समयमा भ्रमको खेती व्यापक हुन थालेको उहाँको प्रतिक्रिया छ । भौगोलिक हिसाबमा बिकास गर्न गाह्रो भए पनि देशका ७७ वटा जिल्ला सडक सञ्जालमा जोडिएको उहाँले बताउनुभयो ।

एमालेले देश र जनताप्रतिको भावना अनुरुप कार्य गर्ने ज्ञवालीले बताउनुभयो । वर्तमान सरकार आएसँगै देशमा राजस्व सङ्कलनमा समेत वृद्धि भएको उहाँको दाबी छ । त्यस्तै नागरिक अपडेट रहन पुस्तक पढ्ने बानीको अनिवार्य रूपमा आवश्यकता रहेको ज्ञवालीले बताउनुभयो ।

एमाले पार्टी कार्यालय सल्लेरीमा हुने जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवाली, पार्टी सचिव घनश्याम कोइराला र केन्द्रिय सदस्य परशुराममेघी गुरुङले प्रशिक्षण गरिरहनुभएको छ ।

आधारभूत तहको  नेपाल कम्युनिष्ट पार्टी  एमाले  प्रशिक्षण विभागले तयारी गरेको पाठ्यक्रममा आधारित भएर प्रशिक्षण हुने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -