२०८३ जेष्ठ ३० गते, शनिबार ०५:३७

विकासका लागि काँग्रेस एमालेको सरकार गठन भएको हो : उपमहासचिव ज्ञवाली

सोलुखुम्बु । देश विकासका लागि काँग्रेस एमालेको सरकारको गठन भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दाबी गर्नुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय रुपमा काम गरेको बताउनुभयो । 

देश विकासका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर तीव्र रुपमा काम गरिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । वर्तमान सरकारले नै सहकारीमा फसेका १४ हजार भन्दा धेरै नागरिकको डुबेको रकम फिर्ता गरिसकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीबाट हटे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपाल बङ्गलादेश जस्तो हुने भन्दै आरोप लगाए पनिको हाल मुलुक विकासमा अघि बढेको नेता ज्ञवालीले बताउनुभयो । प्रचण्डले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने भन्दै भ्रमको खेती गरेको उहाँले बताउनुभएको छ ।

देशमा विकास भइरहेको भए पनि पछिल्लो समयमा भ्रमको खेती व्यापक हुन थालेको उहाँको प्रतिक्रिया छ । भौगोलिक हिसाबमा बिकास गर्न गाह्रो भए पनि देशका ७७ वटा जिल्ला सडक सञ्जालमा जोडिएको उहाँले बताउनुभयो ।

एमालेले देश र जनताप्रतिको भावना अनुरुप कार्य गर्ने ज्ञवालीले बताउनुभयो । वर्तमान सरकार आएसँगै देशमा राजस्व सङ्कलनमा समेत वृद्धि भएको उहाँको दाबी छ । त्यस्तै नागरिक अपडेट रहन पुस्तक पढ्ने बानीको अनिवार्य रूपमा आवश्यकता रहेको ज्ञवालीले बताउनुभयो ।

एमाले पार्टी कार्यालय सल्लेरीमा हुने जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवाली, पार्टी सचिव घनश्याम कोइराला र केन्द्रिय सदस्य परशुराममेघी गुरुङले प्रशिक्षण गरिरहनुभएको छ ।

आधारभूत तहको  नेपाल कम्युनिष्ट पार्टी  एमाले  प्रशिक्षण विभागले तयारी गरेको पाठ्यक्रममा आधारित भएर प्रशिक्षण हुने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM