२०८३ जेष्ठ ३० गते, शनिबार ०४:३७

स्व. वीरेन्द्र स्मृति क्रिकेट : एनसिए र युभिसिसि फाइनलमा प्रवेश




बाँके । युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरको आयोजनामा जारी तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेल सकिएका छन्। 

आज सम्पन्न दुई सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले शानदार जित हात पार्दै उपाधि भिडन्तमा स्थान बनाएका छन् । 

पहिलो सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले सि. युवा क्लब नेपालगन्जलाई ६ विकेटले पराजित गर्‍यो। नेपालगन्जले टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन बनायो। सौगात खत्रीले ३१ र सन्दीप नेपालीले १८ रन बनाए। बलिङतर्फ लम्किका हेमन्त क्षेत्री र रबिन भण्डारीले समान २–२ विकेट लिए।

११२ रनको लक्ष्य पछ्याएको लम्कीले १३.५ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। आशिष लोहारले ४५ नट आउट तथा गोविन्द बिष्टले ३३ नट आउट रन बनाए। बलिङतर्फ नेपालगन्जका अमन श्रेष्ठले २ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका गोविन्द बिष्ट प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा आयोजक युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुरले हिमालयन क्रिकेट एकेडेमी काठमाडौँलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। टस जितेर ब्याटिङ गरेको कोहलपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो। सिद्धान्त राज शाहीले ३१, निर्मल गुरुङले २५ तथा क्षितिज थापा मगरले २० रनको योगदान गरे। बलिङतर्फ हिमालयन क्रिकेट एकेडेमीका आदित्य थापा र दिनेश बिष्टले समान २–२ विकेट लिए।

१२७ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी १८.३ ओभरमै ८६ रनमा समेटियो। दीपक बोहराले २५ तथा मुकेश धामीले १७ रन बनाए। कोहलपुरका निर्मल गुरुङले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

अब उपाधिका लागि नेशनल क्रिकेट एकेडेमी लम्की र युनाईटेड भिजन क्रिकेट क्लब कोहलपुर भिड्नेछन्। फाइनल खेल भोलि बिहान ९ बजे प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुनेछ। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र ट्रफी हात पार्नेछन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM