२०८३ जेष्ठ ३० गते, शनिबार ०५:४०

‘दुई दशक विश्वविद्यालयमा बिताएको व्यक्ति केयूमा उपकुलपति बन्नुपर्छ’

१९ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको प्राध्यापक संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । केयूको उपकुलपतिका लागि नाम सिफारिस गर्न समितिले ढिलाइ गरिरहेका बेला संघले आन्दोलनको घोषणा गरेको हो ।

संघका सभापति डा. विकास अधिकारीसँग आन्दोलन गर्नुको कारणबारे संक्षिप्त कुराकानी गरेका छौं :

प्राध्यापक संघले आन्दोलन गर्नुपर्ने के कारण आइलाग्यो ?

काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न ढिलो भयो । उपकुलपति नियुक्त नहुँदा केयूमा कार्यकारीको परिषद् बस्न सक्दैन । अहिले लिगलरुपमा रजिस्ट्रार र स्कुल अफ आर्टसको डिन मात्र कार्यकारीको सदस्य हुनुहुन्छ ।

केही निर्णय गर्न पनि कार्यकारी पूर्ण छैन । तीन वर्ष भयो तलब बढेको छैन । वैज्ञानिक हिसाबले तलब वृद्धि गर्न एक वर्षदेखि भनिरहेका छौँ । यसको निणर्य कार्यकारीले गर्नुपर्ने हुन्छ । कति डिनको कार्यकाल सकिएको छ । निर्देशक र विभागीय प्रमुख पनि खाली छ ।

यसले अध्ययन अनुसन्धानमा प्रभावित गरेको छ । दैनिक प्रशासनिक काम ठप्प हुने स्थिति बनेको छ । त्यसैले समयमै उपकुलपति बनाउन दबाब दिन आन्दोलन घोषणा गर्न बाध्य भएका हौं ।

भनेपछि नाम सिफारिस गर्न दबाब दिनु भएको हो ?

केयूमा राजनीतिक हस्तक्षेपले जित्ने कि संस्थागत हितले जित्ने भन्ने छ । हाम्रो चिन्ता यतातिर हो । समितिमा दुई लाइनबाट छलफल भएको देखिन्छ । एउटा राजनीतिक भागबन्डा, अर्को संस्थाको हितमा हेरेर निर्णय गर्ने भन्ने । राजनीतिक भागबन्डा गर्दा कांग्रेसको भागमा उपकुलपति, एमालेको भागमा रजिस्ट्रार हुने भयो ।

सात वटा डिन एमाले, कांग्रेस माओवादीको भनेर हुने देखियो । अरु विश्वविद्यालयमा जस्तो मोडेल थियो त्यस्तो केयूमा थिएन । यसपटक केयूमा भागबन्डाबाट हुने कि संस्थापक उपकुलपति सुरेशराज शर्माले भनेको जस्तो संस्थाको हितमा गर्ने भन्ने लडाईं हो ।

उपकुलपति रजिस्ट्रार जस्ता पद भागबन्डा हुँदा कांग्रेस एमालेको प्राध्यापक हुने भयो । यसले प्राज्ञिक वातवरण बन्दैन ।

कुनै एक व्यक्तिलाई बनाउनुपर्छ भने संघको माग हो ?

यही व्यक्तिलाई बनाउनुपर्छ भनेको होइन । उच्च प्राज्ञिक क्षमता भएको, संस्थालाई बुझेको र कम्तिमा दुई दशक बढी विश्वविद्यालयमा बिताएको व्यक्ति उपकुलपति बन्नुपर्छ ।

जो सुकै आएपनि सेवा आयोगबाट प्राध्यापक भएको हुनुपर्छ भन्ने हो । १० जनाको सर्ट लिस्टमा उच्च प्राज्ञिक क्षमता भएको अध्ययन अनुसन्धान बुझेको व्यक्ति समिति छन् । ती व्यक्तिबाट उपकुलपति बनाउनुपर्छ । यसले केयूको हित गर्छ ।

दुई दशक काम गरेका मात्र सक्षम हुन्छन् भन्न खोज्नु भएको हो ?

आफैंले कमाएर चलाउनुपर्ने विश्वविद्यालय हो । राज्यले न्यून आर्थिक सहयोग गर्छ । केयू आफ्नै आय स्रोतले चल्ने हो । रिसर्च फन्डहरू जुटाउनु पर्छ । विद्यार्थी आकर्षित गरेर शुल्कबाट चल्ने हो ।

भागबन्डामा गयो भने विद्यार्थी आाउने क्रम रोकिन्छ । भागबन्डा नगरी उच्च प्राज्ञिक व्यक्ति केयूको नेतृत्वमा आउनुपर्छ । प्राज्ञिक व्यक्ति आउँदा रजिस्ट्रार डिनहरू पनि त्यसै अनुसारको आउँछन् । उपकुलपति भागबन्डामा जाँदा सबै पद भागबन्डामा जान्छ ।

अब आन्दोलन कहिलेम्म चल्छ ?

उपकुलपति नियुक्ति गर्न तीन दिनको सयम दिएका थियौं तर भएन । निर्वाचित संघ भएकाले प्राध्यापकहरूले भनेपछि आन्दोलन घोषणा गरेका हौं । अब कुलपति, सहकुलपति, सिनेट सदस्यहरूलाई भेटेर जानकारी गराउँछौं । फेरि एक हप्ताको समय दिएका छौं । यो अवधिमा पनि नभए पठनपाठन अवरुद्ध नहुनेगरी अर्को आन्दोलनमा जान बाध्य हुन्छौं ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM