Tuesday, March 4, 2025
घरसमाचार२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’

२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’

१९ फागुन, काठमाडौं । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन ।

अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो ।

बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो ।

५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घटे । अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावरको ९.४५, सिन्धु विकास बैंकको ७.८५, हिमालयन रिइन्स्योरेन्सको ७.२५, नेसनल लाइफ इन्स्योरेन्सको ६.१७ तथा बोटलर्स नेपाल बालाजुको ५.४६ प्रतिशत मूल्य बढ्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७.२४, बाराही हाइड्रोपावरको ६.७७, सपोर्ट माइक्रोफाइनान्सको ६.६० र भूगोल इनर्जीको ६.४२ प्रतिशत मूल्य घट्यो ।

यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो । त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -