२०८३ जेष्ठ ३ गते, आईतवार १८:४७

लघुकथाः सम्बन्ध विच्छेद

 

 

 

– अरुणबहादुर खत्री “नदी”

मायादेवी सत्तरी वर्ष पुगिसेकेकी थिइन् ।
बुढेशकाल, अरूको सहयोग पाउनुपर्ने बेलामा श्रीमान् रोगी भएर थला परेपछि उनी दिक्क भएकी थिइन् । ‘श्रीमान्लाई यै रोगले लान्छ क्यारे !’ उनले मनमनै चिन्ता गर्न थालिन् ।
‘श्रीमान् स्वर्गीय भएपछि काजक्रिया गर्नका लागि मसँग खर्च पनि छैन । के गर्ने होला ?’ यस्तै कुरा सोचेर बसेकी थिइन्, त्यस्तैमा छिमेकी रमादेवी टुप्लुक्क आइपुगिन् ।
‘तपाईको अनुहार त साह्रै अँध्यारो पो देख्छु त, के चिन्ता प¥यो आमा ?’ रमाले सोधिन् ।
‘श्रीमान् बिरामी हुनुहुन्छ । क्यै भैहाल्यो भने उम्कने खर्च पनि छैन । फेरि बूढा वितेपछि जीवन निर्वाहा गर्ने उपाय पनि छैन । त्यसैले चिन्तित भएकी हुँ छोरी !’ मायादेवीले भनिन् ।
‘बूढाको काजक्रिया गर्न नपर्ने उपाय बताइदिऊँ आमा ?’ रमाले ठट्याउलो पारामा भनिन् ।
‘के उपाय छ छोरी त्यस्तो ?’ मायादेवीले आश्चर्य मान्दै सोधिन् ।
‘सम्बन्ध विच्छेद गर्ने नि । न रहे बाँस बन बजे बाँसुरी ।’ रमाले भनिन् ।
‘ठट्टा मात्रै गर्छे मोरी । याँ आफूलाई कति पिर परेको छ ।’
त्यसपछि दुवैजना मरी मरी हाँसे ।

— सामाखुसी ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM