२०८३ असार ८ गते, सोमबार ०९:५७

काठमाडौं महानगरको कार्यसम्पादन जिल्लाभरकै कमजोर

२ फागनु, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यसम्पादन मूल्यांकन जिल्लाभरकै कमजोर पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो ।

१७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएको हो ।

यस्तै, काठमाडौं जिल्लामा रहेको अन्य १० नगरहरूमा कीर्तिपुर नगरपालिका ६३.४, शंखरापुरले ६८.१, चन्द्रागिरी ६७.१, टोखा ५८.६, तारकेश्वरले ७१.३, नागार्जुनले ७०.६, बूढानीलकण्ठले ६०.८, दक्षिणकालीले ५४.७, कागेश्वरी मनोहरा ६२.८, गोकर्णेश्वर नगरपालिकाले ६४.४ अंक ल्याएका छन् ।

आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM