२०८३ असार ८ गते, सोमबार ११:१७

एनएसएलको साविक विजेता ललितपुरले रिटेन गर्‍यो सनिश र आदित्य

२ फागुन, काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ ।

रिटेन पोलिसी अनुसार ललितपुरले दुई खेलाडी रिटेन गरेको जनाएको छ । क्याटेगोरी ए बाट डिफेन्डर सनिश र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्यलाई रिटेन गरिएको हो ।

सनिश र आदित्य टोलीको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीहरू रहेको जनाउँदै दुई खेलाडीलाई आगामी सिजनका लागि पनि रिटेन गरिएको क्लबका एमडी आलोक जंग जोशीले जनाएका छन् ।

यस सिजन पनि टोलीका लागि यी दुई खेलाडीले थप उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको जोशीले बताए ।  एनएसएलको तेस्रो संस्करणका लागि यही फागुन १० गते खेलाडी अक्सन हुँदैछ ।

तेस्रो संस्करणको एनएसएल चैत १६ गते सुरु हुनेछ । जसमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM