Thursday, February 13, 2025
घरसमाचारशंखरापुर बस दुर्घटनामा ज्यान गुमाउनेको सनाखत (नामावली)

शंखरापुर बस दुर्घटनामा ज्यान गुमाउनेको सनाखत (नामावली)

३० माघ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ ।

चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो ।

प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका लागि अस्पताल ल्याइपुर्‍याइएका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।

क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परेर अन्य ४० जना घाइते भएका छन् ।

घाइतेहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -