पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चर्च ब्वाईज यूनाइटेडलाई १-० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।
पुलिसको जितमा सञ्जीव लामा नायक बन्नु भयो । उहाँले खेलको ५८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । आजको खेलमा लामा म्यान अफ दी म्याच समेत घोषित हुनु भयो ।
भोलि (बिहीबार) दोस्रो सेमिफाइनल खेलमा उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र थ्री स्टार क्लब बिच खेल हुने भएको छ । बिहीबार हुने विजेताले नेपाल पुलिससँग उपाधिको लागि शनिबार फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/476955002_1554525855217429_1523956400853081543_n-1024x683.jpg)