Tuesday, February 11, 2025
घरसमाचारकेयू उपकुलपति छनोट : सर्ट लिस्टमा परे यी १० जना, फागुन २...

केयू उपकुलपति छनोट : सर्ट लिस्टमा परे यी १० जना, फागुन २ र ३ मा अन्तर्वार्ता

२८ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ ।

केयूको उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रम अनुसार १० जनाको सर्ट लिस्ट आज (सोमबार) सार्वजनिक गरिएको हो ।

छनोट समितिका अनुसार आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।

सर्ट लिस्टमा परेका १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्ने छ ।

सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -