२०८३ बैशाख २१ गते, सोमबार ०७:५९

बिहारी अंशुले अन्तरिक्ष बनेर लिएको नागरीकतामाथि कारवाही हुने

काठमाडौं । पैसा भएपछि नेपालमा जे पनि गर्न सकिन्छ भन्ने मानसिकतामा वीरगंजको मारवाडी समाज खासगरी बिहारी पृष्ठभूमिकाहरुको रहेको पाइएको छ।

पूर्वी चम्पारण, चकियाबाट जीविकोपार्जनको लागि वीरगंज आएका अशोक तुलस्यानले प्रारम्भमा डेरामा बस्दै वीरगंज भन्सारमा दलालीको काम गर्थे। पैसा कुस्त कमाएपछि जग्गा/जमीन, घर मात्र जोडेनन्, आफ्नो छोराको नाम परिवर्तन गरी जन्मको आधारमा नेपाली नागरिकता समेत दिलाए।

भारतको निर्वाचन आयोगमा अशोकको छोराको नाम अंशु तुलस्यान उल्लेख छ, तर यहाँ देश दुनियालाई ठग्न अन्तरिक्ष तुलस्यान नाम राखिएको छ।

पैसा हुनेले स्थानीय प्रशासनलाई दाम चढाएर नागरिकता लिएपछि राज्य संयन्त्रमा उनिहरुले बलियो पकड बनाएका छन् । रैथाने नागरिकलाई दुत्कार्ने र बिहारीहरूलाई अपनाएर माल झार्नमा नेता प्रशासनका मान्छे सबै लागेका छन् ।

नेपालको कानुनअनुसार कुनै विदेशीले गलत विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय हुन सक्ने प्रावधान छ। तर कार्यान्वयनमा प्रशासनको कमजोरी र राजनीतिक हस्तक्षेपका कारण यस्ता गलत कार्य दण्डहीनताको अवस्थामा छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM