Monday, February 10, 2025
घरसमाचारसंसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश

संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश

२७ माघ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

तर, यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -