२०८३ असार १० गते, बुधबार ०४:२६

प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई




सप्तरी । प्रेस चौतारी नेपाल, सप्तरीको आठौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा शिव प्रसाद आचार्य, महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सचिवमा कृष्ण मण्डल धानुक, सह(सचिवमा उत्सव आचार्य, नवीन कुमार यादव र कोषाध्यक्षमा भुपदेव माली निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा कमल मण्डल, मनोज मेहता, अनिता चौधरी र रवि शर्मा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की, नेकपा एमाले सप्तरी जिल्ला सचिव देवनाथ यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष मनोहर कुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM