२०८२ माघ १७ गते, शनिबार ११:२०

भक्तपुरमा भण्डारी सेवा समाज, नेपाल (रघुवंशी कौशिक गोत्रीय) को जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर/ भण्डारी सेवा समाज, नेपाल (रघुवंशी कौशिक गोत्रीय) को भक्तपुर जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले परेन्द्र भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सम्मेलनमा भक्तपुरका विभिन्न स्थानहरू— जितपुर, छालिङ, लोकन्थली, सानोठिमी, तेर्साटार, कौशलटार लगायत क्षेत्रबाट समाजका बुबा-आमा, दाजुभाइ, भाउजू, बुहारीहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

ऐतिहासिक निर्णय: ८ वर्षीय ससिका भण्डारी बाल अध्यक्ष चयन

सम्मेलनमा ऐतिहासिक निर्णय पनि गरियो। ८ वर्षीया ससिका भण्डारीले “यो संस्था हाम्रो पुर्खाको पहिचान जोगाउने महत्त्वपूर्ण काम गरिरहेको छ, त्यसैले म पनि यसको हिस्सा बन्न चाहन्छु” भन्ने इच्छा व्यक्त गरेपछि उनलाई बाल अध्यक्षको रूपमा चयन गरिएको छ। ससिकाले आफ्नो सानो उमेरमै संस्थाप्रति देखाएको समर्पण र उत्साहलाई सबैले खुलेर प्रशंसा गरे।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

सम्मेलनको अध्यक्षता बाग्मती प्रदेश उपाध्यक्ष भरत भण्डारी (झपड) ले गरेका थिए भने संस्थाका कार्यवाहक अध्यक्ष राम कुमार भण्डारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशेष अतिथिहरूमा प्रमुख संरक्षक जीवन कुमार भण्डारी, केन्द्रीय उपाध्यक्ष एवं बाग्मती प्रदेश इन्चार्ज तथा संगठन विभाग प्रमुख कुमार भण्डारी, महासचिव राधाकृष्ण भण्डारी, उपमहासचिव बद्री कुमार भण्डारी रहेका थिए।

त्यस्तै, अतिथिहरूमा निवर्तमान महासचिव माधव भण्डारी, वरिष्ठ सदस्य थिर बहादुर भण्डारी, राम कुमार भण्डारी, डम्बर बहादुर भण्डारी, किशोर कुमार भण्डारी, बाग्मती प्रदेश सल्लाहकार उपसंयोजक झपटराज भण्डारी, बाग्मती प्रदेश सल्लाहकार सुरज भण्डारी तथा सिन्धुली जिल्ला सल्लाहकार संयोजक रण बहादुर भण्डारी लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

नवगठित भक्तपुर जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय उपाध्यक्ष एवं बाग्मती प्रदेश इन्चार्ज, संगठन विभाग प्रमुख कुमार भण्डारी एवं सिङ्गो केन्द्रिय समितिको तर्फबाट सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM