२०८३ असार १० गते, बुधबार ०९:१७

शतलोक आश्रममा १२ जोडीको दाइजोमुक्त सामूहिक विवाह

२५ माघ, जनकपुरधाम। धनुषाको सतलोक आश्रममा १२ जोडीको दाइजोरहित सामूहिक विवाह सम्पन्न भएको छ।

मिथिला नगरपालिका- २, बेलाचापी स्थित सतलोक आश्रममा ५०७औं कबीर साहेब निर्वाण दिवसको अवसरमा १२ जोडीको सामूहिक विवाह भएको हो ।

रमैणी मन्त्र उच्चारण गरि मात्र १७ मिनेटमा सम्पन्न हुने यसलाई आडम्बरमुक्त विवाह पनि भन्ने गरिन्छ ।

यस प्रकारको विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ।

समाजबाट दाइजो रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपाल महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको आयोजकले जनाएको छ ।

५०७औं कबीर साहेब निर्वाण दिवस यस वर्षपनि तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM