Monday, March 17, 2025
घरसमाचारचितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।

थुनछेक बहस सकिएसँगै अब जवाफी बहस हुनेछ । त्यसपछि यस मुद्दामा आदेश जारी हुनेछ ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।

सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका थिए ।

जाहेरवालाहरुको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीसहित राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका हुन् ।

प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहस गरे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -