२०८३ असार १० गते, बुधबार २१:२९

बागमती प्रदेशसभा बैठक आज बस्दै




हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम र आवश्यकताका विषयमा धारणा राख्ने कार्यक्रम छ।

यस्तै, बैठकमा प्रदेश लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ। प्रतिवेदनमा आयोगका गतिविधि र प्रगति विवरण समेटिएको छ।

यसअघि बुधबार बसेको बैठकमा पाँच विधेयक पेश गरिएका थिए। ती विधेयकहरूलाई छलफलका लागि प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरिएको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM