२०८३ जेष्ठ १२ गते, मंगलवार १३:५०

अर्गनाइजेसन अफ वुमेन साइन्टिस्टस् इन नेपालको अध्यक्षमा टिस्टा प्रसाईं निर्वाचित

१३ माघ, काठमाडौं। अर्गनाइजेसन अफ वुमेन साइन्टिस इन नेपालको अध्यक्षमा टिस्टा प्रसाईं निर्वाचित भएकी छिन् । आइतबार ललितपुरमा भएको पाँचौ साधरणसभाले प्रसाईंलाई अध्यक्षमा चयन गरेको हो ।

९ सदस्यीय कार्यसमितिमा ८ जना पुरानै र १ जना डा. वविता पौडेल थप गरिएको अध्यक्ष प्रसाईंले बताइन् ।

यसअघि शिक्षा मन्त्री विद्या भट्टराईले सभाको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मन्त्री भट्टराईले महिला वैज्ञानिकलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM