Monday, January 20, 2025
घरसमाचारगाजा युद्धविरामपछि रिहा भए तीन बन्धक

गाजा युद्धविरामपछि रिहा भए तीन बन्धक

६ माघ, काठमाडौं । गाजा युद्धविरामपछि पहिलो चरणअन्तर्गत रिहा गरिएका तीन बन्धक इजरायल फिर्ता भएका छन् ।

युद्धविराम सम्झौता कार्यान्वयनमा आएको केही घण्टापछि आइतबार हमासले ती तीन बन्धकलाई रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

रिहा भएका तीनैजना महिला बन्धक हुन् । उनीहरू चार सय ७१ दिनपछि हमासको नियन्त्रणबाट मुक्त भएका हुन् ।

रिहा गरिएकामा २४ वर्षीया रोमी गोनेन, ३१ वर्षीया डोरोन स्टेनब्रेचर र २८ वर्षीया एमिली डमारी छन् । गोनेन ७ अक्टोबर २०२३ हमासले नोभा म्युजिक फेस्टिभलमा सहभागी हुँदै गर्दा हमासको आक्रमणमा परेर कब्जामा परेकी थिइन् ।

अब आगामी ६ साताभित्र हमासले थप ३० बन्धक रिहा गर्ने सम्झौता भएको छ ।

इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा मुक्त हुने ३३ बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समेटिएको छैन । अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको कारण गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य भएको छ । आइतबार नै सयौँ विस्थापित प्यालेस्टिनी आआफ्नो घर फर्कन थालेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -