२०८३ असार १७ गते, बुधबार ०९:४१

अनेरास्ववियु इलामको अध्यक्षमा अशोक खतिवडा सर्वसम्मत

५ माघ, काठमाडौं । अनेरास्ववियु इलामको २४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अशोक खतिवडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा गोपाल आचार्य र सुशान्त चापागाईँलाई निर्वाचित गरेको छ । सचिवमा विशाल कार्की निर्वाचित भएका छन् ।

सहसचिवमा बिहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ र सुमन खत्री निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुनिल शंकर सर्वसम्मत निर्वाचित भएका छन् ।

अनेरास्ववियु केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सचिवहरू आरती भट्टराई, दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM