२०८३ असार १७ गते, बुधबार १३:०४

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

५ माघ, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM