२०८३ असार १८ गते, बिहीबार १३:५०

झिमरुकमा ४५ वर्षसम्म बिहे नगरेका महिलालाई पनि भत्ता

२ माघ, प्युठान । झिमरुक गाउँपालिकाका अविवाहित एकल महिलाले पनि भत्ता पाउने भएका छन् । गाउँपालिका भित्रका ४५  वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका महिलालाई भत्ता दिने निर्णय भएको हो ।

यसका साथै १२ वर्षदेखि श्रीमान् बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।

उनीहरूलाई चालु आर्थिक वर्षको माघदेखि मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।  अविवाहित एकल महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।

पालिकाबाट भत्ता पाउने एकल महिला सरकारी सेवा सुविधा तथा अरु कुनै सामाजिक सुरक्षा भत्ता नलिएकाको लागि गाउँपालिकाले मासिक भत्ताको व्यवस्था गरेको हो ।

पालिकाले अविवाहित एकल महिलाको वैकल्पिक व्यवस्था नभएसम्मका लागि भत्ता दिने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति पालिकाले लिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले अविवाहित, एकल, सम्बन्ध बिच्छेद र लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतित गरिरहेका  एकल महिलाहरुको अभिभावक्त्व ग्रहण गर्ने उद्देश्यले पालिकाले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM