Saturday, January 4, 2025
घरसमाचारअखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत

१४ पुस, काठमाडौं । माओवादी केन्द्र  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ ।

अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो । तीमध्ये १ हजार ७७९ मत सदर भएको थियो । ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ अौं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।

त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो ।

त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार निर्वाचन गरिएको थियो ।

उमेर हद लगाउने पक्षमा बहुमत आएकाले अब ३२ वर्ष ननाघेकाहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी केन्द्रीय नेतृत्व चयन गरिनेछ ।

अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि यही पुस १७ गते दोस्रो चरणको निर्वाचन हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । पुस १६ गते उम्मेदवारी उपर दावी विरोध, पुस १६गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता र १६गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

पुस १७ गते बिहान ११बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुने छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -