२०८३ असार १० गते, बुधबार २३:४९

प्रधानमन्त्री ओली भोली पर्सा आउनुहुने




वीरगञ्ज । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली आइतबार पर्सा आउनु हुनुभएको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटी र पर्सा जिल्ला समितिले आज वीरगन्जमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्रीको पर्सा भ्रमण सफल पार्न सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुरपाँचगावामा भोली बिहान ११ः३० बजे हुने वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पर्सा आउन लाग्नु भएको नेकपा एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादवले बताउनुभयो ।

सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालसहित ठुलो सङ्ख्यामा विभिन्न दलबाट एमालेमा प्रवेश गर्नेहरुको आग्रहमा कार्यक्रम ग्रामीण क्षेत्रमै आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM