Sunday, January 12, 2025
घरसमाचारसूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई

१२ पुस, काठमाडौं । धरानका प्रो निरज तामाङले कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन । उनले धरानकै प्रो शुक्र बहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोर सहित करियरको दोस्रो उपाधि जिते ।

आज ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए । उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरे । उनले यही प्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको ७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए ।

पार ७० को धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहित विष्णु दोस्रो भए । उनले आज २-अन्डर ६८ को कार्ड बनाए र नगद १ लाख आफ्नो नाममा लेखाए । धरानका बलभद्र राई ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे । उनले आज १-ओभर ७१ स्कोर निकाले ।

सात स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको खेलको सुरूवात गरेका निरजले एकपक्षीय शैलीमा उपाधि जिते । सानदार सुरूवात गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१खेले। पहिलो देखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहारगरेका निरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं रनवौं होलमा पनि एक-एक सट जोगाए ।

फ्रन्ट नाइन सकिँदा निरजले शुक्रको रेकर्ड तोड्ने संकेत देखाए । दशौं होलको डबल बोगी र एघारौं होलको बोगीलेत्यो सम्भावनालाई कमजोर बनायो । तर बार्हौं, तेर्हौं र सत्रौं होलमा बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मा सकाए। नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुकेपनि निरजले ५४-होलको विजयी स्कोर भने बराबरी गरे ।

विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४-अन्डर ३२ मा पुरा गरे। ब्याक नाइनमा पनि चार बर्डी प्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६ खेले। उनले १३औ, १४औं, १६औं र १७औं होलमा एक-एकसट बचाए। १५औं र १८औं होलमा बोगी प्रहार गरे ।

धरानका बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए ।पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौं र नवौंहोलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा १-ओभर ३५ खेले।उनले ११औं होलको बर्डी विरूद्ध १३औं र १६औं होलमाएक-एक सट खेर फाले ।

भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथो स्थानमा रहे । अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले२-अन्डर ६८ खेले । उनीहरूले जनही ५५ हजार प्राप्त गरे । समग्रमा १-अन्डर २०९ को नतिजामा धन बहादुर थापा (७०) र भुवन कुमार रोक्का (७३) छैटौं हुँदै जनही ४४ हजार नगद पुरस्कार हात पारे। समग्रमा १-ओभर २११ स्कोर बनाएका रामे मगर (७१) आठौं भए। उनी ३८ हजार नगद पुरस्कारको हकदार बने ।

यसैगरी समग्रमा ४-ओभर २१४ स्कोरमा टंक बहादुर कार्की र सञ्जय लामाले नवौं स्थानमा बाँडे । जनही ३३ हजार ५ सय नगद पुरस्कार पाएका टंकले २-ओभर ७२ र सञ्जयले ४-अन्डर ६६ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते। अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगिता सकाए। सुन्दरले १-ओभर २११ मा खेल पुरा गरे। उनले पनि आज १-अन्डर ६९ मा खेल सकाए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे।

५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको थियो। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता रहेको थियो । शनिबार प्रो-एम इभेन्ट हुनेछ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -