२०८२ असार २० गते, शुक्रबार १३:४६

उपमेयर खातुनको रोहवरमा कटहरियाका किसानलाई मलखाद

रौशन चौधरी
रौतहट, मंसिर ।
 रौतहट जिल्लाको  कटहरिया नगरपालिकाकि उपमेयर नुरजहाँ खातुनको रोहवरमा मंगलबार सहुलियत दरको मलखाद बितरण गरिएको छ । श्री जहरी माई कृषि सहकारी कटहरिया ५ को माध्यम बाट उपमेयर खातुनको रोहवरमा मलखाद बितरण गरेको हो । नेपाल सरकार द्वारा किसान का लागि अनुदानमा मलखाद उपलब्ध गराउने मलको आपूर्ति तथा वितरण व्यवस्थापनका संयोजक नगर उपप्रमुख नुरजाहां खातुनले सिफारिस गरे अनुसार कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहापुर ले उपलब्ध गराइएको थियो । उपमेयर खातुनले सरकारले मलखादको निर्धारण गरेको मूल्य भन्दा बढी रकम नलिन सहकारी लाई निर्देशन दिएकी थिईन । उक्त अवसरमा समाजसेवी नसरुदिन अन्सारीको समेत उपस्थिति रहेको उपमेयरका सल्लाहकार रामअधार यादवले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM