२०८३ जेष्ठ ११ गते, सोमबार १०:२८

छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा राहत वितरण

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २८ भदौ/ कोरोना महामारीको कारण देखाइ सरकारले लामो समयदेखि जारी गरेको लकडाउन र निषेधाज्ञाबाट प्रभावित परिवारलाई छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानले खाद्यान्न तथा अत्यावशकीय सामग्री वितरण गरेको छ ।

अमेरिकामा रहनु भएका डा. सरोज श्रेष्ठ एवं सक्षम महिला समूह भैंसेपाटीकी संयाेजक प्रज्ञा सिंह राणाको संयोजकत्वमा महिला समूहबाट प्राप्त आर्थिक सहयोगमा प्रतिष्ठानले राहत सामग्री वितरण गरेको प्रतिष्ठानकी सचिव सुजाता श्रेष्ठले बताउनु भयो ।

विभिन्न जिल्लाबाट आएर ललितपुरको महालक्ष्मी स्थान र नख्खुडोल बस्दै आएका करीब ५५ परिवारलाई राहत वितरण गरिएको हो । राहत पाउने परिवारमध्ये अधिकांशलाई ६ महिनादेखिको लकडाउन र निषेधाज्ञाका कारण विहानी बेलुकीको छाक टार्न गाह्रो भइरहेको महसुश गरी प्रतिष्ठानले चामल, दाललगायतका अत्यावश्यक खाद्यसामग्री प्रदान गरेको सचिव श्रेष्ठले चन्द्रसूर्यलाई बताउनु भयो ।

छोरीमैया स्मृति प्रतिष्ठानले यस अघि पनि देशका विभिन्न ठाउँमा हुने दैविक/प्राकृतिक प्रकोपका प्रभावितहरुकालाई राहत प्रदान गर्नुका साथै देशका दुर्गम भेगसम्म शिक्षाको ज्योती फैलाउन समय समयमा विद्यालयहरुमा कम्प्युटर तथा  विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोषाक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM