२०८२ असार २० गते, शुक्रबार २३:२७

चुरियामाई उकालोमा मोबिल बोकेको कन्टेनर पल्टियो, सडक पूर्णरुपमा अवरुद्ध

हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

मोबिल बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको कन्टेनर सडकमै पल्टिएपछि बाटो पूर्णरुपमा अवरुद्ध बनेको हो। सडक पूर्व अवरुद्ध हुँदा दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट बन्चित भएका छन्। सवारीको ठूलो जाम देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको र उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM