Tuesday, November 26, 2024
घरमनोरञ्जन‘दउरा घाटे के लेजाई....’ बोलको भोजपुरी छठ गीत सार्वजनिक

‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीत सार्वजनिक

काठमाडौं ।‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीत धुम मचाएको छ । काठमाडौं, तराई मधेसका साथै भारतको यूपी, बिहार, झारखण्ड सहित भोजपुरीभाषी एवं छठ पर्व हुने क्षेत्रमा सो गीत अहिले रुचाइएको छ ।

लोकगायक रवीराज शाहको स्वर रहेको सो गीत यूट्यूवमा टे«डिङमा रहेको छ । गत बर्ष ‘कौना घाटे औनाजाना….’ बोलको भोजपुरी छठ गीत सार्वजनिक गरेका गायक शाहले त्यसलाई निरन्तरता दिदै छठ पर्वको अर्को गीत सार्वजनिक गरेका हुन् ।

‘छठ पर्व सन्तान प्राप्ती, सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । सोही बिषय बस्तुलाई यो गीत मार्फत एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ’ गायक शाहले भने, ‘गीतको अन्त्यमा छठी मातामाथि विश्वास र पुजा गर्नेलाई सन्तान प्राप्ती हुन्छ । र यो गीत लोकलयमा आधारित छ ।’

तराई मधेस, बिहार, यूपी लगायतका ठाउँमा निसन्तान महिलालाई बिभिन्न तानाबाना दिने गरेको र बाझिन भनेर मानसिक एवं सामाजिक तनाव दिने गरिएको बताउँदै उनले सोही बिषयलाई गीतमा समेट्ने प्रयास गरिएको बताए ।

चर्चित एवं लोकगायक शाहको स्वर रहेको गीत उमालाल यादवले लेखेका छन् । संगितकार रौशन सिंह, भिडयो निर्देशक राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । भिडियो सम्पादन गरेको कुशवाहाले यस अघि भोजपुरी, हिन्दी, नेपाली सहित बिभिन्न भाषाका चर्चित गीतहरुको सम्पादन गरेका छन् ।

‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीतमा गायक रविराज शाह सहित सिमा शर्मा, ममता मण्डल, विवि शाह, लगायतका कलाकारले अभिनय गरेका छन् । गीत गायक शाहको औफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -