२०८२ माघ १२ गते, सोमबार ००:४०

दिव्य शक्ति भएका दिव्य पुरुषको दिव्य उपदेशः क्राइमचेक सम्पादकीय

एक युगमा एक जना दिव्य शक्ति भका दिव्य पुरुषको जन्म हुन्छ र उसको कृति र योगदान अमर रहन्छ । गोरखा जस्तो सानो राज्यमा जन्मिएका पृथ्वी नारायण शाहले गुरु गोरखनाथ र गोरखकाली माताको वरदान पाएकाले बाइसी, चौबीसी राज्यमा विभाजित राज्यहरूलाई एकीकरण गरी विशाल नेपाल निर्माण गर्ने प्रताप पाएका थिए । दिव्य शक्ति र दिव्य प्रभाव प्रस्तुत गरेका थिए । शाह वंशीय राजा पृथ्वी नारायण शाह प्रचण्ड, प्रतापी, भूपति थिए । २३८ वर्षसम्म नेपालमा शाहवंशीय राजाहरूले शासन गरे । अपदस्थ अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह बने ।

गणतन्त्र स्थापना भएपनि राजतन्त्र पुनस्र्थापनाकालागि चौतर्फी रुपमा जनआन्दोलन जारी छ, जनआस्था राजतन्त्रप्रति बढ्दो छ । राजासँग जनशक्ति अर्थात जनताको शक्ति छ । राजनीतिक दलका नेताहरूसँग केवल क्षणिक सत्ता छ । नेपाल र नेपालीकालागि नेपाली हावा, पानी, माटो, देश, काल, परिस्थितिका कारण राजतन्त्र र राजसंस्था वैकल्पिक शक्ति बन्दै छ । शाहवंशीय राजतन्त्रले अग्नि परीक्षा पार गरेर जन अनुमोदन हुने अवसर पाउँदैछ । विश्वको एकमात्र हिन्दू राष्ट्र, हिन्दू देवी, देवताको राजधानी नेपालमा राजतन्त्रको अनिवार्यता स्वीकार गर्दै धर्म निरपेक्ष राष्ट्र, पश्चिमा राष्ट्रहरूको इसाइकरण अभियान, नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने दलाल पूंजीवादी व्यवस्था, र विकृति विसंगतिपूर्ण गणतन्त्रका विरुद्ध राष्ट्रवादी नेपाली जनता २०४७ को नेपालको संविधान लागु गर, २०७२ को संविधान खारेज गर भन्दै दिनहुँ देशका विभिन्न स्थानमा नारा घन्काउँदै गणतन्त्रवादीहरूलाई दण्ड सजाय दिन सडक संघर्ष मार्फत संगठित भइरहेका छन् ।

राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहलाई उपेक्षा गर्ने, निन्दा गर्ने विदेशी दलाल, अराष्ट्रिय शक्तिलाई महाकाली, कोशी, गण्डकी र मेची नदिमा डुबाएर बगाउन हर तवरले प्रयासरत छन् । हिन्दू देवी देउताको अपार शक्ति र देशप्रतिको भक्तिले नेपाली देशप्रेमी जनताले शोषण, दमन र विदेशी हस्तक्षेप, भारतीय सीमा अतिक्रमणरहित नयाँ आधुनिक शक्तिशाली राष्ट्र निर्माण गर्ने छन् । नेपालीहरूका पूर्खा र शाहवंशीय राजाका पौरखले बनाएको विशाल नेपालको सन् १८१७ को ब्रिटिस इण्डिया र नेपालबीच भएको असमान सन्धीबाट गुम्न गएको पूर्वमा तिष्टा, पश्चिममा किल्ला काँगडा र दक्षिणमा भगिरथि नदि सम्मको सम्पूर्ण भूभाग फिर्ता गराई अभूतपूर्व शक्ति कायम गर्ने छ ।

विशाल नेपालमा जो विशाल छिमेकी चीन र भारतको बीचमा छ । सामरिक महत्वको दृष्टिले अति शक्तिशाली छ । नेपालका भ्रष्ट, दलाल, शासक, प्रशासक, राजनीतिक दलका कुबुद्धिले भरिएका नेताहरूलाई उचित र कठोर दण्ड गर्ने अवसर प्राप्त हुनेछ । पृथ्वी नारायण शाहको दिव्योपदेश एक सत्य शक्ति हो । पृथ्वी नारयाण शाहको स्मरण र सम्मान गर्ने दिन पुस २७ मात्र नभई ३६५ दिन नै हुनु पर्दछ । तथापि पुस २७ गते विशेष दिन हो । यसपालीको पुस २७ गते पृथ्वी जयन्तीका दिन देशैभरका नेपालीहरूले अभूतपूर्व एकतासहितको सहभागीता जनाए विदेशी दलाल शासन सत्ता, व्यवस्थालाई कमजोर पार्न निकै मद्दत पुग्ने छ । एकता दिवस नेपालीहरूका लागि ऐतिहासिक शक्तिको दिन र राष्ट्रिय पर्व हो ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई अपमान गरेर नेपाली माटोमाथि विदेशी प्रभाव र प्रभुत्व जमाउन दिने इतिहासका कलंगार दलाल राष्ट्रघाती नेताहरूको पतन नै नेपाल र नेपालीको मुक्ति हो । राष्ट्रिय अखण्डता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रको सर्वाधिकार र सर्वोच्चता सुरक्षित राख्न तथाकथित संघीय लोकतान्त्रिक गणतन्त्र नामको कुशासन व्यवस्थालाई ध्वस्त पार्न जरुरी छ । यो समयको माग र माटोको आवश्यकता हो । पृथ्वी नारायण शाहको योगदानलाई जीवित राख्न पुस २७ गते २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यतापूर्वक राष्ट्रिय पर्वका रुपमा देशैभर मनाउने सद्वुद्धि नेपालीमा कायम होस् ।

अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको अन्त्य गर्ने अन्तिम थलो नेपाल नै हुनेछ । हिन्दू राष्ट्र नेपालमा अपार दैवी शक्ति छ । लुकेको दैवी शक्ति प्रकट हुँदैछ । जय गोरखनाथ, जय गोरखकाली । नेपाली सेना गोरखकाली र गोरखनाथका पहरेदार हुन् । आएको बखत, परेको बखत, नेपाली सेना नेपालका भ्रष्ट, नालायक, विदेशी दलाल शासक, प्रशासक र राजनीतिक दलका विरुद्ध जाइलाग्ने छ र देशप्रेमी जनताहरूको साथ सहयोग रहने छ । त्यसकालागि आवश्यक अनुकूल वातावरण बनिरहेको छ ।

प्राचीन देश, तपोभूमि, ज्ञान भूमि अखण्ड देश नेपालले फेरी विश्व भूमिमा आफ्नो वीरता कायम गर्ने मौका पाउने छ । गोर्खाली सेनाको शासन राखेर नेपाल, भारत, बेलायतमा कार्यरत नेपालीहरूको परेको बेला मन र मस्तिष्क एउटै हुनेछ । जय गोरखकाली, जय गोरखनाथको झण्डा फहराउन, इसाइकरण अभियान मार्फत पश्चिमी राष्ट्रहरूले नेपालमा गरिहेको हस्तक्षेप रोक्न अपदस्थ राजा ज्ञानेन्द्र र शाहवंशीय राजसंस्था, नेपालीहरूका माझ उभिएका छन् । जनताको निर्णयले समयको माग अवश्य पूरा गर्ने छ । राष्ट्रविरोधी, गणतन्त्रवादीहरूलाई नसिहत दिन राजासहितको हिन्दू अधिराज्य पुनस्र्थापना हुनेछ तब मात्र राष्ट्रवादीहरूको आन्दोलनले विराम लिने छ । पृथ्वी नारायण शाहप्रतिको सच्चा श्रद्धाञ्जलीकालागि हामी सबै नेपाली एक हुनु जरुरी छ ।
(२४ पुस २०७६ मा क्राइम चेक साप्ताहिकमा प्रकाशित सम्पादकीय) 

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM