२०८२ बैशाख ९ गते, मंगलवार १४:४०

राधेश्याम साह 

गौर/रौतहटको गौर नगरपालिकाले केही दिनअघि भएको अविरल वर्षाका कारण गएको बाढीबाट प्रभावित बनेका किसानको समस्यालाई आत्मसात गरि पिडित किसानलाई हिउँदे बालीको गेहु र मसुरो लगायतका हिउँदे बालीको बिउ उपलब्ध गराउने भएको छ ।

रौतहटका किसानले धान काटेर भित्र्याउनका लागि सुकाइएको बेला अविरल वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने मेयर शम्भु साहले बताए ।

मेयर साह ले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षण गरि आफुले किसानको समस्यालाई आत्मसात गरि गौर नगर भित्रको किसानलाई हिउँदे बालीको बिउ उपलब्ध गराइ दिने घोषणा गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया लेख्नुहोस्