काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गर्नुभयो । …