२०८२ असार ३१ गते, मंगलवार ०५:४०

विद्युत चोरीको आरोपमा ४३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले विद्युत चोरी गर्ने ४३ जनालाई नियन्त्रणमा लिई कारवाही थालेको छ।

प्रहरी कार्यालयका अनुसार बाराको करैयामाई गाउँपालिकाको विभिन्न स्थानबाट विद्युत चोरी गरी प्रयोग गर्ने ४३ जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले करैयामाई गाउँपालिकाको हरैया, मधुवन, तेतरिया, सिसुवा, बोधवनलगायतका गाउँबाट विद्युत् चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता राठौरले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM